नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

लन्डन । बेलायती सेनाले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई सघाउन सैनिक चिकित्सक र सल्लाहकारको टीम काठमाडौं पठाउने भएको छ ।

बेलायती विदेशमन्त्री लर्ड अहमदका अनुसार आउँदो साता उक्त टोली नेपाली राजधानी पुग्नेछ । नेपालमा भाइरस संक्रमण भयावह बनेको र अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सघाउन सैनिक चिकित्सा टोली र स्वास्थ्य सामाग्री पठाउन लागिएको मन्त्री अहमदले जनाएका छन् ।

बेलायती सेनाको गोर्खा ब्रिगेडले समाचारको पुष्टि गरेको छ । यो पनि पढ्नुहोस –विश्व नै खोप विभेदको जोखिममा छ:डब्लुएचओ विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड(१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् ।

उनले सोमबार भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ । पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ ।

तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ ।

न्यून र मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’उनले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०।५ प्रतिशत मात्र रहेको बताए ।

खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

महासचिव घेब्रेससले भने, ‘कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।’

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आगामी ६ हप्ताभित्रै आफूसँग रहेको ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

राष्ट्रपति बाइडेनले भने, ‘आज, विश्वलाई नै मद्दत गर्न हामी नयाँ उपाय अवलम्बन गर्दैछौं । विश्वभर कोरोनाभाइरस नियन्त्रणमा नआउँदासम्म हामी महामारीबाट सुरक्षित भइहाल्ने अवस्था छैन । जतिसुकै अग्लो पर्खाल बनाए पनि वा जतिसुकै फराकिलो समुद्रले पनि हामीलाई सुरक्षित राख्न सक्दैन ।’

रासस

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *