भारतमा कोरोना नियन्त्रण हुदै : दैनिक संक्रमित भन्दा निको हुने संख्या करिब १ लाख बढी

भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए ।

यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो । यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख २ हजार ८३ जनाले संक्रमणलाई जितेका छन् ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ३ लाख पार भएको छ । अघिल्लो वर्ष १३ मार्चमा संक्रमणका कारण पहिलो मृ,त्यु भएको थियो । यसको १४ महिना १० दिनपछि मृ,त्युको संख्या ३ लाख भएको छ । हालसम्म कूल ३ लाख ३ हजार ७५१ जनाको यो महामारीका कारण मृ,त्यु भइसकेको छ ।

मृ,त्युको आँकडा थामिएको छैनः

भारतमा कोरोनाको दोस्रो लहर कमजोर भएता पनि मृ,तकको संख्या भने कम भइरहेको छैन । मे महिनामा हरेक दिन औसतमा ३,५०० को ज्यान गएको  छ ।

एक लाखको  निधन  एक महिनाभन्दा कम समयमाः

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको  संख्या एक लाखसम्म पुग्नमा करिब साढे ६ महिना लागेको थियो । एकबाट दुई लाख हुनमा ७ महिनाभन्दा पनि कम समय लाग्यो । यस्तै, २ देखि ३ लाख मृत्यु एक महिनाभन्दा पनि कम समयमा भयो ।

यो पनि पढ्नुहोस  : बेलायतमा कोरोनाविरुद्धको ६ करोड डोज खोप वितरण

लन्डन । बेलायतमा हालसम्म ६ करोड भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । शनिबार मात्र एकै दिनमा सात लाख ६२ हजार ३६१ डोज खोप वितरण गरिएको छ, जुन कोरोना विरुद्ध खोप शुरु भएपछिको दोस्रो सबैभन्दा बढी हो । यसअघि मार्च २० मा ८ लाख ४४ हजार भन्दा बढी डोज खोप वितरण गरिएको थियो ।

पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५ लाख ८७ हजार ९८ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ७९ लाख ४३ हजार ६८१ जनाले पहिलो र दुई करोड २६ लाख ४३ हजार ४१७ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कुल जनसंख्याको ४३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७२ प्रतिशतले पहिलो डोज लगाएका छन्।

कोरोना विरुद्धको खोप फाइजर र एस्ट्राजेनेका हाल घातक सिद्ध भएको ‘इन्डियन भेरिएन्ट’का लागि पनि अत्यन्त प्रभावित रहेको अध्ययनले देखाएपछि बेलायतमा खोपको दोस्रो डोजलाई थप तीव्रता दिइएको छ । अध्ययनले देखाएअनुसार पहिलो डोज खोप लगाएको तीन हप्तापछि दुवै खोपहरु ३३ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको स्वास्थ्य विभागले जनाएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ५३८ पुगेको छ ।
कोरोना संक्रमणका कारण हुने मृत्यु भने विगत केहि समययता निकै कम हुँदै गएको छ । बितेको २४ घन्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७२१ पुगेको छ । हाल बेलायतका अस्पतलमा ९०८ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *