नेपाली युवती बैअबु राई बनिन् फेसबुक मुख्यालयमा सफ्टवेयर इन्जिनियर

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् ।

उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

लगत्तै उनले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमा अध्ययन गरिन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस 

लामो जीवन र निरोगी रहने मंत्र

वैज्ञानिक यतिबेला आयु कसरी लामो बनाउने र स्वस्थ रहने भन्ने कुरामा अनुसन्धान गरिरहेका छन् । आफूलाई स्वस्थ राख्न केही कुरामा ध्यान दिनु जरुरी छ । ग्रीन टी, ड्राइ फुड, तरकारी र केही मिनेटको दौडमा ध्यान दिनुपर्ने हुन्छ । जान्नूस, यी कुरालाई पालना गरेर कसरी जीवनमा खुशि रहन सकिन्छ रु

ग्रीन टी पिउनेले जीवन लामो हुन्छ
डायबिटीज रिचर्स एन्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित एक शोधअनुसार जसलाई डायबिटीज छ र जो ग्रीन टी अथवा कफी पिउँछन्, उनीहरु उमेरभन्दा बढी समय बाँच्ने सम्भावना हुन्छ । ५ सासम्म ५००० व्यक्तिमाथि यो अनुसन्धान गरिएको हो । डायबिटिज नभएकालाई पनि ग्रीन टी लाभदायक हुने बताइएको छ । कफी र ग्रीन टीमा हुने प्लान्ट कम्पाउन्डले गर्दा शरिरको लागि राम्रो हुन्छ ।

दौडिनु लाभदायक
विश्व स्वास्थ्य संगठनले एक सातामा कम्तीमा ७५ मिनेट दौडनुलाई राम्रो मानेको छ । दौडसहित साइक्लिङ, पौडी र एरोबिक गर्न पनि सुझाइएको छ । दैनिक ३५ मिनेट जगिङ गर्न पनि भनिएको छ । ब्रिटिस जर्नल अफ मेडिसिनमा प्रकाशित एक सोधअनुसार दैनिक दौडिनु आवश्यक छ । थोरै भएपनि दौडिनुले मान्छेलाई मृत्यु हुने खतराबाट जोगाउँछ ।

दैनिक केही मात्रामा ड्राइ फुड
अक्सफोर्डको इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजीमा २०१५ मा छापिएको एक सोधअनुसार दैनिक बदाम, ओखर, पास्ताजस्ता ड्राइफुड खानाले मृत्युको खतरालाई कम गर्छ । यस अध्ययनअनुसार क्यान्सर, स्ट्रोक, सास र मस्तिष्कको बिरामीलाई ड्राइफुड लाभदायक हुन्छ ।

खानपानमा तरकारी लाभदायक
जर्नल अफ दी अमेरिकन हार्ट एसोसिएसनमा उल्लेख भएअनुसार रुखविरुवमा आधारित खानालाई आहारमा समेट्दा कार्डियोभास्कुलरबाट हुने मृत्युको जोखिमलाई ३२ प्रतिशतले घटाउन सकिन्छ । हावर्ड मेडिकल स्कुलका कैथरिन डी म्याकम्यान्सका अनुसार रुखविरुवामा आधारित आहारको अर्थ तरकारी र फलफूल मात्र हैन । यसमा ओखर, बिउ, तेल, होलग्रेन, बिन्स पनि पर्छन् ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *