विपक्षी गठबन्धनले दियो माधव नेपाललाई प्रधानमन्त्रीको अफर 

विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि एमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ ।

एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्नेबित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भइरहेको छ । उक्त छलफलमा कांग्रेस, माओवादी, जसपाका उपेन्द्र यादव र एमालेका माधव नेपाल सहभागी छन् ।

नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र, जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् । त्योअनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुन्छ । माधव नेपालनिकट एक स्थायी समिति सदस्यले पनि नेपाल प्रधानमन्त्री हुने सम्भावना रहेको दाबी गरे ।

यो विकल्पबारे हिजोदेखि हामीले कुरा गरेका छौँ, कांग्रेस र माओवादी केन्द्रको सकारात्मक कुरा आएको छ । अन्तिम निर्णयको प्रतीक्षामा छौँ,ु नेपाल समूहका एक नेताले भने ।

अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकाले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो । संविधानविद् भीमार्जुन आचार्यले ५ अनुसार सरकार बनाउन दलको ह्वीप नलाग्ने बताए । त्यसैगरी, संविधानविद् पूर्णमान शाक्यले भने ह्वीप लाग्ने कि नलाग्ने भन्ने विषय प्रस्ट व्याख्या नभएको बताए ।

पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि जालसाजी गरेको दाबी गरे । तर, दलविशेष होइन, संसदको सदस्यले दाबी गर्ने भएकाले नेता नेपालको सम्भावना हुने बताए । त्यस्तो बेलामा ह्वीप महत्त्वपूर्ण कुरा नभएको उनले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *