१५३ सांसद को समर्थन सहित प्रधानमन्त्रीमा ओलीको पनि दाबी

७ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी  जसपाका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

यो पनि 

संविधान संशोधन गर्न सरकार र जसपाले बनाए कार्यदल

काठमाडौँ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालवीच संविधान संशोधन गर्ने गोप्य सहमति भएको छ ।

दुवै पक्षले संविधान संशोधन गर्ने तयारी कार्यदल गठन गरेका छन् । जनता समाजवादी पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय र्कायदल बनाउने निर्णय गरको थियो ।

कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, पूर्व महान्यायधिवक्ता अग्नि खरेल र एमाले सांसद कृष्णभक्त पोखरेल छन् । त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । रिमाल, कर्ण र शुक्ल यसअघि सरकार र जसपाबीच वार्ता गर्न बनेको कार्यदलमा थिए।

कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, कहाँकहाँ सुधार गर्नुपर्ने छ भनेर अध्ययन गरी सुझाव दिने छ । यसका लागि थप कार्यादेश प्राप्त भैनसेको कार्यदल सदस्य खरेलले जानकारी दिए ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *